काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले आइतबार विभिन्न पदका लागि खुलातर्फ कर्मचारीको माग गरेको हो ।


ADVERTISEMENT


जसअनसार लघुवित्तले केही संख्यामा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक, प्रशिक्षार्थी सहायकमाग गरेको छ ।


ADVERTISEMENT

# # #


उम्मेदवारीका लागि योग्यता लघुवित्तको तल उल्लेखित विज्ञापन सूचनामा हेर्न सकिनेछ ।

छनोट भएका उम्मेदवारले विभागहरुको हकमा केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोक तथा प्रदेश, उप प्रदेश तथा शाखा कार्यालयको हकमा देशैभरी रहेका सबन्धित प्रदेश, उप प्रदेश तथा शाखा कार्यालयहरु रहेको स्थानमा काम गर्नुपर्ने छ ।

लघुवित्तका अनुसार आवेदकहरुले आवेदनमा आफूले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई जना व्यक्ति (रिफरेन्स पर्सन) को नामरसम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको बायो डाटा संलग्न गर्नु पर्नेछ ।

आवेदन दिनका लागि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको वेबसाईटबाट यही साउन २५ गते गतेसम्म आवेदन दिन सकिने छ । रितपूर्वक प्राप्त दरखास्तहरू मध्येबाट छनोट सूची (सर्ट लिस्ट)मा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताको लागि सम्पर्क गरिने लघुवित्तले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन :