काठमाडौं–नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक (साँचो लगाउने) सिस्टम लागु गर्ने भएको छ । पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक गर्ने सिस्टम नेपालमा पहिलो पल्ट भित्राउन लागिएको हो । यो सिष्टम मेचीवाट आउँदो मंलगवारवाट शुरु हुनेछ ।


ADVERTISEMENT


गएको पुस महिनादेखि ट्यांकर लक गर्ने सिष्टम लागु गर्ने भनिएपनि विभिन्न कारणले गर्ने कार्यक्रम सफल हुन सकेको थिएन । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भानुभक्त खनालले लामो प्रयास पश्चात पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक गर्ने सिस्टम शुरु हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


पेट्रोलियम डिलर्स एसोसिएशन कोशीको शनिवार विराटनगरमा भएको १५ औ वाषिर्क साधारण सभामा प्रमुख खनालले ढुवानीका क्रममा बाटोमा हुने पेट्रोलियम पदार्थको चुहावट तथा मिसावट रोक्न ट्यांकर लक गर्न लागिएको बताए । उनले पहिलो चरणमा भारतको सिलिगुडीबाट काकडभिट्टा नाकासम्म आइपुग्ने ५९ ट्यांकरमा लक गरिने जनाए ।

त्यसपछि क्रमश कोशी हुँदै मुलुक भर सञ्चालनमा रहेका पेट्रोलियम ढुवानी गर्ने ट्यांकर लक सिस्टम लागु गरिनेछ । उनले आगामी चैत महिनाभित्र कोशी अञ्चलबाट ट्यांकर लक सिस्टम लागु गरिसकिने जानकारी दिए । ट्यांकर व्यवसायीले आफ्नो ट्यांकरमा भारतको पेट्रोलियम एक्स्प्लोसिभ एन्ड सेक्युरिटी अर्गनाइजेसन (पीईएसओ) को स्ट्यान्डर्डको सेक्युरिटी लक राख्नुपर्नेछ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) को सहयोगमा ट्यांकर लक गर्ने प्रक्रिया अघि बढाएको हो ।

ट्यांकरमा साँचो लगाउने जिम्मा निगमले आर्इओसीलाई दिएको छ । पहिलो चरणमा सबै भारतीय नाकाबाट निगमको डिपोसम्म ट्यांकर लक गर्ने प्रक्रिया पुरा निगमदेखि पम्पसम्म जाने ट्यांकर लक गर्ने प्रक्रिया शुरु हुने खनालको भनाइ छ । ‘आईओसीले ट्यांकरमा पेट्रोलियम पदार्थ भरेपछि लक लगाउँछ,’ उनले भने,’नेपाल आयल निगमको डिपोले मात्र आईओसीमा लगाएको लक खोल्न सक्छ, त्यसको साँचो डिपोमा मात्र हुन्छ’ ।

सबै नाकाबाट निगमको डिपोसम्म आउने ट्यांकरमा आईओसीले लक गरेर पठाउने छ । लक राखेपछि भारतबाट आयात हुने पेट्रोलियम चुहावट नियन्त्रण हुने निगमको बिश्वास छ । ट्यांकर व्यवसायी तथा चालकले तेल चोरी गर्ने तथा मिसावट गर्ने गुनासो आइरहेको छ ।

तेल चोरी गर्दा निगमलाई ठूलो घाटा हुने गरेको छ भने मिसावटले प्रदुषणका साथै सवारी साधनमा समस्या ल्याउने र उपभोक्ता ठगिने गरेका छन् । निगमले वाषिर्क १ खर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थ आयात गर्छ । पेट्रोलियम पदार्थ कारोबारको एकाधिकार निगमको भए पनि ढुवानी गर्ने ट्यांकर निजी क्षेत्रका छन् । नेपालमा झन्डै १५ सय ट्यांकरले पेट्रोलियम ढुवानी गर्दै आएका छन् ।

आयल निगमले भारतीय आयल निगमका सिलिगुडी, बरौनी, बेतालपर लगायतका विभिन्न डिपोबाट तेल भरेर नेपाल ल्याउने गरेको छ ।