बैंक – ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको युनिभर्सल इन्सिट्युट अफ प्रोफेसनल म्यानेजमेन्ट (युआईपिएम)द्वारा आयोजित दोस्रो आईपिए थाईल्याण्ड पुरस्कार प्रदान गरिएको छ।

हिसान बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष समेत रहेका यादवलाई यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद अन्तर्गत प्रदान गरिएको हो। युआईपिएमः संस्था एशिया प्यासिफिक क्वालिटी नेटवर्क, युनाइटेड नेशन्स ग्लोबल कम्प्याक्ट तथा हायर एजुकेशन सस्टेन्सबिलिटी इनिसिएटिभको गर्वित सदस्य समेत हो।
थाईल्याण्डको प्नलेज एण्ड इनोभेशन फर फ्युचर फाउन्डेसनको पहलमा आयोजना गरिएको यस कार्यक्रममा उनलाई संस्कृति तथा शिक्षा क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको मान्यता स्वरूप यो पुरस्कार प्रदान गरिएको हो।
यादव एक शिक्षाविद्, उद्यमी, तथा नेपालमा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित छन्। उनको नेतृत्वमा हृत एकेडेमी शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको केन्द्रको रूपमा स्थापित भएको छ भने, हिसान बागमतीमा उनको योगदानले संस्थागत समन्वय र विद्यार्थी क्रियाशीलता अझ सशक्त बनाएको छ।
उनलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उनको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

































































