राहुल गुप्ता, वीरगञ्ज – मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र प्रदेशकै उत्कृष्ट एसपी घोषित भएका छन्।


ADVERTISEMENT


एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंक हासिल गर्दै मधेश प्रदेशका सबै जिल्लामध्ये पहिलो स्थान हासिल गरेको हो। मूल्यांकनमा सार्वजनिक सुरक्षा, आपराधिक नियन्त्रण, सेवा प्रवाह, व्यवस्थापन र प्रशासनिक दक्षता लगायतका सूचकहरू आधार बनाइएका थिए।


ADVERTISEMENT

# # #


उनको कार्यकालमा पर्सा प्रहरीले चोरी र तस्करीका घटनामा उल्लेख्य सफलता प्राप्त गर्दै करिब ६० करोड रुपैयाँ बराबरका अवैध सामग्री नियन्त्रणमा लिएको छ। त्यस्तै, विभिन्न मुद्दामा फरार रहेका १,५११ जना प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा समेत महत्वपूर्ण प्रगति गरेको छ।

लागुऔषध नियन्त्रण तथा मानव बेचबिखन विरुद्धका अभियानमा समेत पर्सा प्रहरीले सराहनीय काम गरेको प्रदेश प्रहरीको मूल्यांकनमा उल्लेख गरिएको छ।

एसपी मिश्रको पहलमा जिल्ला प्रहरी कार्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिएको छ।