हेटौँडा – बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
काँग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाको पक्षमा बहुमत साँसदले समर्थन गर्दा लामा अब दलको नेता नरहेका हुन् । आज बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा बानियाको पक्षमा २२ मत पर्दा लामातिर १५ मत मात्र परेको छ ।
यतिबेला प्रदेश सरकारमा लामाले नेतृत्वको हैसियत समेत गुमाएका छन् । योसँगै सभापति बानिया दलको नेता बन्दै बागमती प्रदेश सरकारको मुख्यमन्त्री बन्ने ढोका खुलेको छ ।































































