काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई तीव्रता दिएको छ ।


ADVERTISEMENT


सडकबाट मानिस हिँड्दा धेरै दुर्घटना भएकाले फुटपाथबाट हिँडाउन महाशाखाले काठमाडौँ महानगरपालिकासँग मिलेर पसल हटाउन लागेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको सहयोगमा चैत २८ गतेदेखि फुटपाथ हटाउन थालिएको बताए।


ADVERTISEMENT

# # #


उनले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने र उल्लङ्घन गरे कानुनी कारबाही गर्ने स्पष्ट पारे। यस्तै, महाशाखाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारी चालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा कमी आएको जनाएको छ ।

महाशाखाका प्रमुख लामाले अनावश्यक हर्न बजाउने दैनिक दुई सयभन्दा बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको बताए । नयाँ नीति अनुसार अत्यावश्यक अवस्था र घुम्तीमा बाहेक अन्य स्थानमा हर्न बजाउन पाइँदैन ।