काठमाडौँ –काठमाडौँको सुन्दरीजलमा बोलबम यात्रा गएकी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चितवन स्थायी घर भई हाल काठमाडौँको कपनमा बसोबास गर्दै आएकी ३५ वर्षीया सन्ध्या धामी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए।
प्रहरीका अनुसार धामी आइतबार राति करिब १ः३५ बजे बोलबमको लागि गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिर गएकी थिइन्। सो क्रममा उनी ढुंगामा चिप्लिएर खोलामा डुबेकी थिइन् ।
घटनापछि प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोली र नेपाली सेनाको विपद् व्यवस्थापन टोलीको सहकार्यमा उनलाई खोलाबाट उद्धार गरिएको थियो। तर, उद्धारको केहीबेरमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































































