काठमाडौँ– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।


ADVERTISEMENT


सोमबार बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद असिम साहलाई बोल्न समय दिएका थिए ।


ADVERTISEMENT

# # #


सांसद साहले भिजिट भिसाको नाममा भइरहेको मानवतस्करीको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । उनले घुस प्रकरणमा अडियो प्रकरणपछि राजीनामा दिएका राजकुमार गुप्तामाथि छानविन हुनुपर्ने बताए । उनले सरकारका मन्त्रीहरु बिभिन्न प्रकरणमा जोडिएको भन्दै सिंहदरबारबाटै छानविन सुरु गर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

त्यस्तै राप्रपा सांसद ध्रुबबहादुर प्रधानले भिजिट भिसाका बिषयमा भएको कमीकमजोरीलाई उजागर गर्दा राप्रपा र रास्वपालाई व्यवस्था र संविधान विरोधी भनेर प्रधानमन्त्रीले भन्नु खेदजनक रहेको जनाए ।

उनले भिजिट भिसा प्रकरणमा न्यायिक छानविन नभएसम्म विरोध कायमै रहने स्पष्ट पारे । त्यसपछि दुवै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए ।