काठमाडौं–क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ ।


ADVERTISEMENT


बम्बार्डियरले निर्माण गरेको जहाज नेपालसहित पछिल्लो दुई दिनमा दुईपटक दुर्घटनामा परेपछि कम्पनीले नै अध्ययन अनुसन्धान गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, बंगलादेशका नगारिक उड्डयनमन्त्रीले पनि जहाज दुर्घटनाका् जाँचबुझमा सघाउने वचन दिएका छन् ।

आइतबार इरानमा दुर्घटना भएको २४ घण्टा नबित्दै काठमाडौंमास्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सोही कम्पनीबाट उत्पादित जहाज दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय जगतमै गम्भीर चासो उत्पन्न भएको छ ।

गत आइतबार इरानमा टर्किस बिजनेसम्यानको परिवार सवार रहेको निजी जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । यस्तै, काठमाडौंमा सोमबार भएको दुर्घटनामा परेर हालसम्म ५१ जनाको मृत्यु भएका छ ।–आजको कारोबारबाट