काठमाडौं–नेकपा एमाले निकट युवा संघ नेपालले यूएस बंगलाको जहाज र्दुघटना भएकोले दुःख प्रकट गर्दै काठमाडौको कलंकीमा दीप प्रज्वलन गरी श्रद्धान्जली व्यक्त्त गरेको छ ।


ADVERTISEMENT


फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा मानवीय क्षति हुनेगरीे विमान दुर्घटनामा ज्यान गुमाएका नेपाली, बंगलादेशी लगायत सबै यात्रुहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको हो ।


ADVERTISEMENT

# # #


दीप प्रज्वलन कार्यक्रममा संघका केन्द्रिय सचीव माधब बास्तोलाले समबेदना मन्तब्य राख्दै घटनाको छानबिनको लागी सरकारले समिति निर्माण गरिसकेको हुदा त्यसको चाडै सबैकुरा यथार्थ आउनु पर्ने र नेपाली आकाश लाई सुरक्षीत बनाउन विशेष ध्यान दिनु पर्ने बताएका छन् ।

कार्यक्रममा संघका केन्द्रिय सदस्य बिष्णुहरि त्रिपाठी, युवा नेता राम खड्की, ओम मर्हजन, लगायत नेता कार्यकर्ता हरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस कार्यक्रमको अध्यक्षता कलंकी वडा नं १४ को अध्यक्ष सुदिप खत्रीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सुजन केसीले गरेको जानकारी युवा संघ नेपाल प्राकृतिक प्रकोप न्युनिकरण बिभागका केन्द्रिय सचिव स्वतन्त्र पण्डितले हिमालय पोष्टलाई बताएका छन् ।