दैलेख – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ स्थित १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले २ युवालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन् । एकै गाउँका उनीहरुले तिजको नाच हेरेर फर्किँदै गर्दा बालिकामाथि लखेटी–लखेटी करणी गरेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४/५ जना किशोरीको समूह घर फर्किँदै थियो । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । सो क्रममा पिडित किशोरी लडेपछि उनीहरुले ढुंगाले हानेर घाइते बनाइ पालैपालो करणी गरेका थिए ।
पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले जनाएका छन् । दैलेख अस्पतालमा उपचाररत् ती बालिकाको अवस्था सामान्य बन्दै गएको प्रहरीको भनाइ छ ।



























































