हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिलाउन नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।


ADVERTISEMENT


नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३९१० अनुसार विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा उपस्थित हुन आग्रह गरिएको हो। बैठकअघि दिउँसो १ बजे एमाले संसदीय दलको बैठक पार्टीको प्रदेश कार्यालयमा बस्ने पनि सूचनामा उल्लेख छ।

यसअघि सत्तारूढ दल नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेको छ। शनिबार कांग्रेस बागमती प्रदेश संसदीय दलका सदस्यसचिव मीनकृष्ण महर्जनले सूचना जारी गर्दै अनिवार्य रूपमा बैठकमा उपस्थित भई छलफलमा सहभागी हुन निर्देशन दिएका थिए।