काठमाडौं–‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’ वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए ।


ADVERTISEMENT


उनको पढाई–लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर ।


ADVERTISEMENT

# # #


शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन् । उनै महान बैज्ञानिकले विभिन्न सन्दर्भमा व्यक्त गरेका विचारहरु यहाँ उल्लेख गरिएको छ, जसले हाम्रो जीवन र दृष्टिलाई बदल्न सक्छ ।

१. स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।

२. जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो–ठट्टा गरेनौं भने ।

३. कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

४. चाहे जीवन जतिसुकै मुश्किल लाग्छ, त्यसैले तपाइलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।

५. पहिलो कुरा, सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।

६. यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

७. मलाई थाहा छैन । जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।

८. मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।

९. तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१०. यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

११. विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।

१२. हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

१३. हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।

१४. म चाहन्छु् कि न्यूक्लियर फ्युजन एक व्यवहारिक उर्जाको स्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।

१५. म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।

१६. मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

१७. केही पनि छैन, जो सधैं रहन सक्दैन ।

१८. म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

१९. अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।’

२०. ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

२१. मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

२२. म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

२३. जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्रायः हारेका व्यक्ति हुन्छन् ।

२४. शारीरिक रुपले विकलाङ्गहरुलाई मेरो सुझाव छ, ‘तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने स्प्रिटमा अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन।

२५. पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ ।

२६. आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।

विना काम जिन्दगी खाली–खाली हुन्छ । तेस्रो कुरा त यदि तिमीहरुले जिन्दगीमा कहिले प्रेम अनुभव गर्यौ र त्यसबाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल ।

२७. मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।