काठमाडौं–विवादका बीच वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पेशी तोकेका छन् । वरिष्ठतम न्यायाधीश नै कामु प्रधानन्याधीश हुने परम्परा अन्तर्गत जोशीले कामु प्रधानन्यायाधीशको हैसियतमा पेशी तोकेका हुन् ।


ADVERTISEMENT


न्याय परिषद सचिवालयले बुधबारमात्रै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकाश पत्र थमाएको थियो । पराजुलीले वैधानिक प्रधानन्यायाधीश आफैं भएको दावी गरे पनि पत्र अनुसार सर्वोच्च प्रशासनले जोशीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT

# # #


बुधवार न्यायपरिष‌द्का सचिव नृपध्वज निरौलाले पराजुलीको उमेर हद गत साउनमै सकिएको भन्दै उनी पदमुक्त भइसकेको बेहोरासहितको पत्र राष्ट्रपति, प्रधानमन्त्री सहितका निकायलाई पठाएका थिए ।

न्यायापलिकामा उत्पन्न पछिल्लो विवादका कारण इजलास नै बहिष्कार गरेका आठ न्यायाधीशहरूले समेत काममा फर्कने निर्णय लिएको बताइएको छ । जोशी स्वयंले उनीहरूलाई आफूले पेशी तोक्न लागेकाले काममा फर्कन आग्रह गरेका थिए ।