काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बुधबार बसेको बैठकमा विधेयकका बिभिन्न दफामाथि छलफल भएको हो । दफावार छलफलका क्रममा माओवादी केन्द्रका सांसद वर्षमान पुनले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति प्रक्रिया ठिकै रहेको र पहिलो कार्यकालमा राम्रो नजिता आए दोश्रो कार्यकार्यका लागि पुन नियुक्त गर्दा सुरुकै प्रक्रिया अपनाउन नपर्ने सुझाव दिए ।


ADVERTISEMENT

# # #


प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा मन्त्रालयले तोकेको सहसचिवले प्रमुख कार्यकारी अधिकृतको रुपमा कोषको कार्यसम्पादन गर्ने बिषयलाई उल्लेख गरिरहनुनपर्ने उहाले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दा मन्त्रीपरिषदले तीन मध्ये एक जना एकलाई नियुक्त गर्नेछ भन्ने प्रावधान राख्न सुझाव दिए ।

मुलुकको समृद्धि, दीगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले उक्त विधेयक ल्याएको हो । विधेयकमाथि बिहिबार पनि दफावार छलफल जारी रहने समितिले जनाएको छ ।