काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालका लागि विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अस्थायी अवरोध प्रणालीगत सुधार र उत्पादनलाई तीव्रताकासाथ अगाडि बढाइएकाले अब लोडसेडिङ नहुने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT


ऊर्जामन्त्री खड्काले भने, “नेपालले विद्युत् उत्पादन र बिक्री वितरणमा गरेको उपलब्धिका आधारमा स्पष्ट रूपमा भन्न सकिन्छ, लोडसेडिङ अब नेपालको विगतको विषय भइसक्यो । यसको पुनरावृद्धि कुनै सम्भावना देखिँदैन । अब, लोडसेडिङको कल्पना गर्नु पनि निरर्थक भइसकेको छ । मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक सार्वजनिक रूपमा स्पष्ट गरिरहेको छ, की हाल देशमा लोडसेडिङ छैन ।”


ADVERTISEMENT

# # #


मन्त्री खड्काले छिमेकी मुलुकमा विद्युत् निर्यात बढाउन दीर्घकालीन रणनीतिक कार्ययोजना तयार गरी कार्य गर्नुपर्ने आवश्यकता औंँल्याए । देशभर हाल नियमित विद्युत् आपूर्ति भइसकेको र कतिपय स्थानमा देखिएका अस्थायी अवरोध प्रणालीगत सुधारमार्फत समाधान हुँदै आएको उनले उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले आन्तरिक खपतपश्चात भारत र बङ्गलादेशमा बिक्री गरिरहेको र गतवर्ष मात्रै भारतमा २३ सय ८० गेगाबाट र बङ्गलादेशमा ३० गेगावाट विद्युत् निर्यात गरिएको जानकारी दिए । उनका अनुसार हाल हाल रु १७ अर्ब ७२ करोड बराबरको विद्युत् निर्यात भइरहेको छ । साथै, रु १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको छ । नेपालले झण्डै रु पाँच अर्ब बराबरको मुनाफा लिइरहेको छ ।

मन्त्री खड्काका अनुसार आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा देशको कूल विद्युत् जडित क्षमता करिब ३२ सय मेगावट रहेकामा हाल सो क्षमता बढेर झण्डै ३९ सय मेगावाड पुगेको छ । प्रतिव्यक्ति विद्युत् खपत चार सय युनिटबाट बढेर झण्डै चारसय ६० युनिट खपत भइरहेको उनले बताए ।

मन्त्री खड्काले वर्तमान देशको अधिकतम विद्युत् माग करिब दुई हजार चार सय मेगावाट रहेको र वर्षायाममा विद्युत् उत्पादनको सो मागभन्दा बढी हुने बताए । उनले हालको अवस्थामा आन्तरिक विद्युत् खपतपश्चात नेपालले करिब नौ सय मेगावाट विद्युत् भारतबाट निर्यात भइरहेको र निकट भविष्यमा सो सङ्ख्या बढ्ने र अहिले झण्डै अहिले १२ सय मेगावाटको निर्यातका लागि अनुमति प्राप्त भइसकेको जानकारी दिए ।

त्यस्तै ४० मेगावाट विद्युत् बङ्गलादेश पनि निर्यात भइरहेको छ । आगामी दिनमा सो परिणाम बढाउँदै लैजाने तयारी छ । ऊर्जामन्त्री खड्काले सरकारको नेतृत्व वा मन्त्री परिवर्तन हुनु स्वभाविक लोकतान्त्रिक प्रक्रिया भए पनि सोका कारण हो ।

मन्त्रालयले दीर्घकालीन ऊर्जा रणनीति, दिगो विकास लक्ष्य, पूर्व स्वीकृति राष्टिय योजनालगायत आयोजनासँग सम्बन्धित हुनेगरी नीति निर्माण तथा कार्यान्वयनलाई संस्थागत निरन्तरता दिँदै आएको उनले बताए । मन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमामा जस्तो पूर्वाधार विकासमा आवश्यक दीर्घकालीन र लगानी परिचालनका सन्दर्भमा नीतिगत स्थिरता, पारदर्शीता तथा संस्थागत निर्णय प्रक्रियाको पालना गरेर मन्त्रालय अगाडि बढेको स्पष्ट पारे । उनले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज ढङ्गले भइरहेको जानकारी दिए । रासस