काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गत पपुवा न्यूगिनीविरुद्ध(पीएनजी) नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् ।


ADVERTISEMENT


हरारेको हरारियन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले आफ्नो पहिलो विकेट गुमाएको छ । असाड भाला व्यक्तिगत १० रनमा आउट भएका छन् । उनलाई सोमपाल कामीले खेलको २.३ ओभरमा १२ रन हुँदा एलबीडब्लुको धरापमा पारेका हुन् । भालाले २ चौका प्रहार गरेका थिए ।


ADVERTISEMENT

# # #