काठमाडौँ– जिम्बावेमा जारी विश्वकप छनोटको प्लेअफ अन्तर्गत नेपालविरुद्ध पपुवा न्युगिनी(पीएनजी) सुरुमै दबाबमा देखिएको छ । १५ ओभरमा नै उसले महत्वपूर्ण चार विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछानेले दुई अर्को विकेट लिए । उनले सीसी बाउलाई ११ रनमा आउट गरे ।


ADVERTISEMENT


यसअघि तेस्रो विकेटका रुपमा सन्दीप लामिछानेले नै चद सोपरलाई व्यक्तिगत १० रनमा आउट गरेका थिए । सोपर सन्दीपको बलमा एलबीडब्लुको धरापमा परे ।


ADVERTISEMENT

# # #


यसअघि हरारेको हरारियन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालका लागि सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए।

उनले असाड भालालाई व्यक्तिगत १० रनमा आउट गरे। सोमपाल कामीले खेलको २।३ ओभरमा १२ रन हुँदा एलबीडब्लुको धरापमा पारेका हुन् । भालाले २ चौका प्रहार गरेका थिए । यस्तै करण केसीले नेपालका लागि दोस्रो विकेट लिए । उनले टोनीउरालाई व्यक्तिगत ११ रनमा पेवेलियनको बाटो देखाए । विकेटकिपर अनिल शाहबाट क्याच हुनुअघि उराले २३ बलमा एक चौका प्रहार गरेका थिए ।

एक दिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाबमा दुबै टोली रहेका छन् ।