काठमाडौँ– नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागीतामा शुक्रवार काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाएको छ ।


ADVERTISEMENT


नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भयो । तत्पश्चात् कार्यक्रममा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रस्तुत गरियो ।आफ्नो सम्बोधनमा माननीय राष्ट्रपतिले विगत ७८ वर्षमा भारतले गरेको उल्लेखनीय प्रगतिका बारेमा चर्चा गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक कर्मचारीका श्रीमती र निकटतम नातेदारलाई सम्मान गर्दै कुल नेरु ६.४ करोडको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरिन्।

दूतावासले नेपालका सातै प्रदेश र २१ जिल्लामा फैलिएका ३९ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो । यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।

काठमाडौंमा आयोजित भारतको ७९ औं स्वतन्त्रता दिवसको उत्सवमा नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुका साथै दूतावासका अधिकारीहरु र उनीहरुका परिवारहरुले उत्साहजनक सहभागीता जनाएका थिए । यस अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतहरुमा जीवन्त साँस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।