सुर्खेत– पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ।


ADVERTISEMENT


सुर्खेतको वीरेन्द्रनगरबाट जिल्लाकै मसिना जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिको छिन्चु नजिक आइतबार दिउँसो दुर्घटनामा परेको हो।


ADVERTISEMENT

# # #


दुर्घटनामा खड्काका अंगरक्षक प्रहरीका नायव निरीक्षक सामान्य घाइते भएका छन्। खड्का भने सकशुल छन्।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।