काठमाडौं – भूकम्पका बेला सिन्धुपाल्चोक कारागार भत्कदा भागेका कैदी मान लामालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायँ पाएका ६१ वर्षीय लामालाई सोमबार काठमाडौंको मूलपानीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोक भोताङ घर रहेका लामा काठमाडौंको मूलपानीमा बस्दै आएका थिए । उनलाई सिन्धुपाल्चोक कारागारमा पठाइएको सीआईबीले जानकारी दिएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक कारागार भत्किदा दुई सय १२ जना कैदी तथा थुनुवा भागेका थिए । तीमध्ये कतिपय कारागारको सम्पर्कमा पुगिसकेका छन् भने कतिपय अझै फरार रहेका छन् ।