काठमाडौं–माओवादी केन्द्रले मन्त्री भएका नेताहरुको प्रदेश इन्चार्ज जिम्मेवारी खोसेको छ र नयाँ इन्चार्ज तोकेको छ ।


ADVERTISEMENT


शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् ।

यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो ।

अब प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्र्चाज बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले जनाएको छ ।