काठमाडौं– काँग्रेसका केन्द्रीय सदस्यहरुले पार्र्टी नेतृत्वको आलोचना गर्दै नयाँ योजना निर्माणका लागि महासमिति बैठकको माग गरेका छन् । शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले चुनावी हारको कारण विधि विधान विपरीत चल्ने नेतृत्व भएको भन्दै महासमिति बैठक डाक्न माग गरेका हुन ।


ADVERTISEMENT


पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई व्यवस्थीत गर्ने विषयमा भएका कमि कमजोरी, टिकट वितरणमा भएका कमि कमजोरी, संसदीय बोर्ड गठनको विषय लगायतमा छलफल भएको बताए । चुनावको पराजयको सन्दर्भमा गहन रुपमा समीक्षा गरी अबको महासमितिको बैठकमा गएर सबै समस्या समाधान गरीने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


बैठकमा अधिकाँस सदस्यहरुले काँग्रेस विधिको शासनको वकालत गर्ने भएकोल विधानले तोकेको परीधिमा रहेर चल्नुपर्ने विषयमा कुरा उठाएका छन् । केन्द्रीय सदस्य कल्याण गुरुङ्गले विधान र केन्द्रीय कार्यसमितिको निर्णयको परीधिभित्र रहेर व्यक्तिहरु चल्नुपर्ने नीतिहरु तय गनुपर्ने बताए ।

राज्यको पुनरसंरचना अनुसार पार्टीका संगठनहरु निर्माण गर्नका निम्ति योजना बनाएर संगठनका संरचनाहरु चुस्त दुरुस्त बनाउने गरी निर्णय गरिने उनको भनाई छ ।

केन्द्रीय सदस्य नविन्द्रराज जोशीले हरेक परीवर्तनको मियोको रुपमा रहेको नेपाली काँग्रेसले सबै परीवर्तनको नेतृत्व लिएपनि किन सरकार बनाउने गरी जित हासिल गर्न सकेन भन्ने विषयमा छलफल भैरहेको बताए ।
उनले जनताका मुद्धाहरु, जनता र पार्टी विचको सम्बन्ध, पार्टी र नेतृत्वको अवस्था लगायतका कमिकमजोरीका विषयमा समिक्षा गरीने बताउँदै विधि विधान विपरीत भएका सबै कुराहरु खारेज गरे नयाँ तरिकाले विधान अनुसारका काम गर्नुपर्ने बताए ।

निर्वाचनको हार र त्यसपछिको परिस्थितिको समीक्षा गर्न बसेको बैठकमा सभापतिको आलोचना भएपनि सभापति देउवापक्षधरले भने उनको कार्यको बचाउन गर्दै आएका छन् ।

केहीदिन अझै चल्ने बैठकमा महासमिति बैठक बोलाउनुपर्ने माग रहेपनि महासमिति बोलाउने नबोलाउने निर्णय सभापति देउवाकै स्वविवेकमा भरपर्ने छ ।