काठमाडौं–प्रदेशका उच्च अधिकारीलाई गाडीको चरम समस्या भइरहेको अवस्थामा मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र भने तीन सयभन्दा बढी गाडी मर्मतबिनै थन्किएका छन् ।


ADVERTISEMENT


सरकारले सामान्य रुपमा बिग्रिए पनि समयमै मर्मत गर्न नसक्दा अर्बौं मूल्यका गाडी प्रतिदिन थन्किँदै गएका हुन् । सिंहदरबारभित्र विभिन्न मन्त्रालय नजिक तथा ग्यारेजमा गरी तीन सयभन्दा बढी गाडी बिग्रिएपछि अलपत्र राखिएको गृह मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको छलफल कार्यक्रममा साबैजसो मुख्यमन्त्रीले प्रदेशले भोग्नुपरेको मुख्य समस्यामा गाडीको समस्यासमेत रहेको भन्दै तत्काल पूर्ति गर्न माग गरेका थिए ।

प्रदेशमा गाडीको चरम समस्या भइरहे पनि केन्द्रले सायौं गाडी मर्मत गरेर पठाउने बारे कुनै गृहकार्य अघि बढाउन सकेको छैन ।  आजको अन्नपूर्ण पोस्टबाट