काठमाडौं – शिक्षा एेन नवौं संसोधनको खारेजी र अस्थायी शिक्षकको चैत्र २३ मा हुने परीक्षा स्थगित गर्न माग गर्दै नेवि संघका कार्यकर्ता आमरण अनशनमा बसेका छन् ।


ADVERTISEMENT


नेविसंघका कार्यकर्ता राजन लम्साल, मिलन बास्तोला, हेमराज थापा, सुशान्त बोहरा र रामचन्द्र कार्कीले सोमबारदेखि आमरण अनसन सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


माइतीघरमा आमरण अनसन सुरु हुनुअघि विद्यार्थीले ‘झोले शिक्षक मुर्दाबाद, ‘युवाहरुलाई अवसर देउ’ लगायतका प्लेकार्ड बोक्दै चर्का नारा समेत लगाएका थिए ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले स्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको आरोप लगाए ।

शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षक हरुलाई स्थायी गर्न लागिएकाले आफूहरुले खारेजीको माग गरेको उनले बताए ।

२२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन्।

उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्क को ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ।