काठमाडौं– भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् ।


ADVERTISEMENT


शुक्रबार बसको बैठकमा पनि दुई दलका सांसदहरुले आफ्नो धारणा राखेर बाहिरिएका थिए । त्यसअघि संसद सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आफ्ना केहि कुरा राखेर रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न दिए ।


ADVERTISEMENT

# # #


सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म आन्दोलन जारी रहने बताए । उनले प्रधानमन्त्रीको चीन भ्रमणअघि सदनबाट राष्ट्रियताका सवालमा साझा अपधारणा बनाउन आग्रह गरे ।

साझा अवधारणकै आधारमा छिमेकी दुवै राष्ट्र प्रमुखसँग केबल शिष्टाचार मात्रै नभई दृढ परिणाममुखी, शान्तिपूर्ण र कूटनीतिक प्रभावकारी संवाद गर्नुपर्ने उनले बताए । उनले अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताको मुद्दामा जनताले मौनता नभइ सरकारको स्पष्ट जवाफ माग गरेको बताए ।

त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाउदै संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गरे । शाहीले भारत र चीनसंग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न अपिल गरे । उनले भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने जिकिर गरे ।

पराजुली र शाहीले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउदै आएका छन् ।