काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीका लागि ठूलो समस्या केपी ओली रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार पार्टीको काठमाडौँ क्षेत्र नम्बर ७ निर्वाचन क्षेत्रीय कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले अहिलेको परिस्थितिमा पार्टीका सामु ठूलो समस्याका रुपमा एमाले नेतृत्व विशेषगरी केपी ओली नै रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘अहिलेको परिस्थिति हेरिकन कसरी हाम्रो पार्टीको सामु सबैभन्दा ठूलो समस्या को भएको छ ? एमालेको नेतृत्व भएको छ, केपी ओली । यथार्थ त्यही हो ।’ उनले भने, ‘एउटा कम्युनिस्ट पार्टीको लागि समस्या कथित कम्युनिस्ट पार्टीको नेता आफै भएको छ ।’

काङ्ग्रेसलाई शत्रु बनाउने, माओवादीसँग दोस्ती तोड्ने र पार्टीलाई एक्लै बनाइ कमजोर बनाउने सोच गलत रहेको उनले बताए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ६ महिना अघि सदस्यता दिदै अध्यक्षको आश्वासन दिनेले व्यक्ति नै अहिले भण्डारीविरुद्ध लागेको जिकिर गरे ।

त्यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र केही नेताहरुले गढबडी गरिरहेको भन्दै अनुशासनहिन कार्य स्वीकार गर्न नसक्ने बताए । उनले पार्टी नेतृत्वविरुद्ध असहमति भए महाविधेशनमा सामना गर्न चूनौति समेत दिए ।