काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राखेपले खो खो टिम सिनियरलाई पुरस्कृत गरेको हो । पुरुष÷महिला टोलीलाई समान १–१ लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा भएको प्रथम खो खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए ।
खो खो टिमसंगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १ स्थानियलाई सम्मान गरियो ।
जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना तथा महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भए । पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् । उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाख नगदसहित पुरस्कृत भयो ।
त्यस्तै राखेपका कर्मचारी लगाएतलाई समेत खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।



























































