काठमाडौं–एमाले माओवादी एकताका लागि गठित राजनीतिक मस्यौदा कार्यदलको बैठक सिंहदरवारमा जारी छ ।


ADVERTISEMENT


शुक्रबार बिहानैबाट सुरु भएको बैठकमा प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको कार्यदल सदस्य तथा माओवादी नेता देव गुरुङले बताए । गुरुङका अनुसार कार्यदलले अधिकांश विषयमा सहमति जुटाइसकेकाले केही बुँदामा भाषा सच्चाउने काम गरेर काम सक्ने तयारी भइरहेको छ ।


ADVERTISEMENT

# # #


एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदलको बैठक बिहीबार पनि लामो समयसम्म बसेको थियो ।

प्रतिवेदनमा समावेश भएको विषयबारे भने नेताहरुले केही खुलाएका छैनन् । मस्यौदा समितिले पार्टीको भावी कार्यदिशा, एकीकृत पार्टीको चरित्र, सामाजिक परिवर्तन, कम्युनिस्ट आन्दोलनको दिशा, देशका समग्र पार्टीको विश्लेषण र पार्टी संगठनको संरचनाबारे प्रतिवेदन तयार पार्ने बुझिएको छ ।

यो कार्यदलमा एकता महाधिवेशनअघिसम्म समाजावादउन्मुख राजनीतिक कार्यदिशा, माक्र्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त मान्ने सहमति भैसकेकोे छ । त्यस्तै जबज र एक्काइसौँ शताब्दीको जनवाद एकता महाधिवेशनबाट टुंग्याउन नेताहरु लगभग सहमत भैसकेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कार्यदलले आज प्रतिवेदन फाइनल गरेर भोलि पार्टी एकता संयोजनक समितिलाई बुझाउने तयारी गरेको जानकारी दिए ।