काठमाडौं–नेपाल टेलिकमले शुक्रबारदेखि प्रयोगकर्तालाई सापटी सेवा सुरु गरेको छ । ‘नमस्ते क्रेडिट’ नाम दिइएको यस सेवा अन्तर्गत टेलिकमले आफ्ना प्रिपेड सिम प्रयोगकर्तालाई निब्र्याजी सापटी उपलब्ध गराउने भएको हो ।


ADVERTISEMENT


यस सेवाबाट प्रयोगकर्ताको मोबाइलमा ब्यालेन्स कम भएको वा सकिएको अवस्थामा समेत फोन काटिने छैन । यसरी फोनमा कुरा गर्दागर्दै ब्यालेन्स सकिएको अवस्थामा टेलिमकले स्वतः खातामा रकम हालिदिन्छ ।


ADVERTISEMENT

# # #


यसरी खातामा हालिएको रकम प्रयोगकर्ताले रिचार्ज गर्दा काटिनेछ तर कुनै अतिरिक्त शूल्क भने लाग्ने छैन । टेलिकमले दिने यो सापटी रकमको सिमा भने छैन । यसका लागि रिचार्ज इतिहासका आधारमा प्रयोगकर्ताले सापटी पाउन सक्नेछन् ।

टेलिकमले करिब एक महिनाअघि नै यो सेवा सार्वजनिक गरेता पनि शुक्रबार प्रयोगकर्ताले सेवा लिन सक्नेछन् । प्रयोगकर्ताले आफूले कति रकम यसरी सापटी पाउने हो त्यसका लागि म्यासेजमा गई टाइप गरी १४७७ मा पठाउन सक्नेछन् ।