गुल्मी–गुल्मीमा खाना खाएको भाँडा नमाझेको भन्दै स्थानीय दलितलाई निर्घात कुटपिट गर्ने एक पसलेलाई जिल्ला अदालत गुल्मीले छुवाछुत र कुटपिटबिरुद्ध जरिवाना गराएको छ ।


ADVERTISEMENT


२०७४ साल असार २४ गते हालको मुसिकोट नगरपालिका वडा नम्वर ४ बडागाउँ हलोगाडेका शोभा कार्कीको पसलमा मदिरा सेवन गरेको गिलास नमाझेको र भान्छा कोठामा रहेका भाँडा छोएको भन्दै स्थानीय कर्णबहादुर सार्कीलाई पसले कार्की र उनका छोरा कृष्ण कार्कीले मरणाशन्य हुनेगरी निर्घात कुटपिट गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसविरुद्ध पीडितले जिल्ला अदालतमा छुवाछुत र कुटपिट विरुद्ध मुद्धा दायर गरेका थिए ।

जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेको ईजालसले कार्कीद्धयलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले जरीवाना, २५ हजार पीडितलाई क्षतिपुर्ति र १० हजार उपचार खर्च अशुलीको फैसला गरेको श्रेतेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।