काठमाडौँ– बुद्ध एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर यु ४ ७०३ को विमान दुर्घटना हुनबाट जोगिएको हो ।


ADVERTISEMENT


यात्रु जनक थापाका अनुसार विमान काठमाडौँबाट उडेको १० मिनेटमा नै फेरि काठमाडौँ ल्याण्ड गरेको थियो । काठमाडौँबाट फेरि उडेपनि २० २५ मिनेटमा विराटनगर पुग्न लाग्दा बीचमा समस्या आएपछि पुनः काठमाडौँ फिर्ता भएको यात्रु थापाले बताए ।


ADVERTISEMENT

# # #


रुट समस्याका कारण काठमाडौँ फिर्ता हुनुपरेको क्रु मेम्बरलाई उद्धृत गर्दै थापाले बताए ।