काठमाडौँ– नवौं शिक्षा ऐन खारेज र अस्थायी शिक्षकको परीक्षा रोक्नु पर्ने माग गर्दै विद्यार्थीहरुले सडक प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले माइतीघर मण्डलामा प्रदर्शन गर्दै चक्का जाम गरेका हुन् । उनीहरुले नवौं शिक्षा ऐन खारेज गर लगायतका नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


यसअघि विहान संयुक्त विद्यार्थी संघसंगठनले क्याम्पसहरू अगाडि सभा तथा विरोध जुलुजको आयोजना गरेका थिए ।

नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका उपाध्याक्ष महेश बर्तौला र अखिल क्रातिन्कारीका अध्यक्ष रञ्जित तामाङले उक्त ऐन खारेजीको माग गर्दै बोलेका थिए ।