भैरहवा –कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले मन्त्रालयहरुमा बनेको नीति नियम र कानुनहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । रूपन्देही उद्योग व्यापार संगठनले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब सरकारको ध्यान कानुन र नीति निर्माणमा भन्दा कार्यान्वयनमा हुने बताएका हुन् ।


ADVERTISEMENT


आफूले सम्हालेको मन्त्रालयमा पनि धेरै राम्रो कानुन र नीति नियम बनेको बताउँदै उनले बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्तिलाई स्मरण गर्दै भने, ‘बिहारका मुख्यमन्त्री नीतिशकुमारले पदभार ग्रहण गरेपछि मलाई कुनै पनि नयाँ कानुनको जरुरत छैन भनेका थिए, कारण के रहेछ भने उनी सत्तामा आएपछि केही गरेनन्, भएका कानुनहरु राम्रोसँग अध्ययन गरे र काम गर्नेहरुको सुची बनाएर कार्यान्वयनमा लगे, र अहिले बिहारमा शान्ति सुरक्षा लगायतका राम्रो कामहरु पनि भएको देखिन्छ ।


ADVERTISEMENT

# # #


त्यसैले अब हाम्रो मन्त्रालयमा पनि कानुनको कुनै अभाव छैन, ती बनेका कानुनहरुको कार्यान्वयनमा अभाव छ, अब ती कानुनहरुको कार्यान्वयन गर्नुको विकल्प छैन ।’

निर्वाचनका क्रममा जनतालाई दिएको आर्थिक समृद्धि र विकासको नारालाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजाने गरी हालसम्म कार्ययोजना नबनेको बताएका उनले सरकारको सय दिने समीक्षासहित दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने बताए ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य समेत रहेका उनले पार्टी एकताको काम चैत महिनाभित्र टुंगिने समेत दावी गरे ।