काठमाडौं– सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेर तोलामा २ लाख ५ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


ADVERTISEMENT


महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको हो ।


ADVERTISEMENT

# # #


यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।