काठमाडौं– रसुवागढी नाकामा माथिबाट आएको पहिरोले दुई सवारी साधन र प्रहरी चेकपोष्ट भवनमा क्षति पुर्‍याएको छ।


ADVERTISEMENT


पहिरो सोमबार साँझ रसुवागढी नाकास्थित निर्माणाधीन भन्सार कार्यालयको कम्पाउण्डमा गएको हो।


ADVERTISEMENT

# # #


कम्पाउण्डमा पार्किङ गरिएका ना ६ त ९५९० नम्बरको ट्याक्टर र बा १३ च ३०२ नम्बरको स्कारपियो गाडीमा सडक माथिबाट अचानक खसेको पहिरोले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

घटनामा ट्याक्टरको अगाडिको इन्जिनको भागमा क्षति पुगेको छ भने स्कारपियोको अगाडिको सिसा फुटेको र बाँया साइडको ढोका कुचिएको छ। दुवै सवारी साधन हालसम्म घटनास्थलमै रहेका छन्।

उक्त स्थानमै रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चेकपोष्ट भवनमा पनि आंशिक क्षति पुगेको बताइएको छ। यद्यपि, घटनामा मानवीय क्षति नभएको पुष्टि गरिएको छ। प्रहरीका अनुसार घटनास्थल प्रमुख जिल्ला प्रहरी कार्यालय, रसुवागढीबाट करिब १ किलोमिटर उत्तरमा पर्दछ।