काठमाडौं– कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज परिसूचक १२.०३ अंकले बढेर २ हजार ७६१.८६ को विन्दुमा रोकिएको छ ।
आज ३२६ कम्पनीका १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर ६८ हजार ७७५ पटक खरिदबिक्री हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा व्यापार समूह ०.८५ र अन्य समूह ०.०३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको पसूचक बढेको छ ।
सबैभन्दा धेरै बैङ्किङ समूह १.५०, विकास बैङ्क ०.५२, वित्त ०.१४, होटल तथा पर्यटन ०.४३, जलविद्युत् ०.०८ र लगानी समूह ०.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ०.३६, लघुवित्त ०.२७, म्युचुअल फन्ड ०.१६ र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेको छ ।
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ७.६८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २८ करोड ८ लाख २३ हजार १८४ बराबरको कारोबार भएको छ ।



























































