काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीबिचको मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।


ADVERTISEMENT


एन्फाले सोमबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै यही भाद्र २१ र २३ गते हुने मैत्रीपूर्ण खेलको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।


ADVERTISEMENT

# # #


दुई देशबीच दशरथ रंगशालामा फिफा इन्टरनेसनल विन्डोमा फुटबल खेल हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकारी एड रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरिएको छ भने खेलको प्रत्यक्ष प्रशारण डिस होमको एक्सन स्पोट्र्स एचडीबाट गरिने उनले बताए ।

दुवै खेलको टिकटिङ अधिकार आफ्नै स्वामित्वमा रहने एन्फाले जनाएको छ भने टिकट दर भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ र सामान्य पारापिटतर्फ ५ सय रुपैयाँ तोकिएको प्रवक्ता शाहले जानकारी दिए ।

प्रतियोगीताका लागि बंगलादेशको राष्ट्रिय टोली बुधबार नेपाल आइपुग्ने शाहले उल्लेख गरे । खेलको अनुमानित बजेट रु करिब १ करोड २७ लाख ५८ हजार रहेको एन्फाले जनाएको छ ।