काठमाडौ– सार्वजनिक यातायातमा व्यवसायीको सिण्डकेट अन्त्य गर्ने उदेश्यले सरकारले ल्याएको नयाँ निर्देशिकाको गोगो फाउन्डेसन (गुड गर्भनेन्स फाउन्डेसन) ले स्वागत गरेको छ ।


ADVERTISEMENT


सो फाउन्डेसनले आज एक विज्ञप्ति निकालदै यात्रुलाई राहत दिने उद्देश्यसहित यातायात व्यवस्था विभागले सार्वजनिक गरेको ७ वटा निर्देशिकाको स्वागत गरेको हो ।


ADVERTISEMENT

# # #


फाउन्डेसनका कार्यकारी निर्देशक केदार खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘नेपालका अधिकांश सडकमा चल्ने यातायात व्यवसायीको स्वार्थी, हेपाहा र कानुन मिच्ने प्रवृत्तिका कारण यातायात क्षेत्र बद्नाम हुँदै आएको र कानुनी शासनको खिल्ली उडाउँदै आएका यस्ता यातायात व्यावसायि संगठनहरूले रचनात्मक सोचसहित यात्रुलाई सुविधाजनक सेवा दिएर यातायात क्षेत्रमा काम गर्न चाहने नयाँ व्यवसायीको हुर्मत लिने र गुण्डागर्दीशैलीमा आक्रमणको तारो बनाउँदै आएका थिए । नयाँ उत्साह र जाँगर लिएर आउने व्यवसायीलाई निर्वाध व्यवसाय गर्नबाट निषेध गर्ने जस्ता अपराध कर्मले सीमा नाघेको थियो ।’

ढिलै भएपनि सरकारले यातायात व्यवस्थापनसँग सम्बन्धित ७ वटा निर्देशिका (मझौला तथा साना सवारी निरीक्षण निर्देशिका, मझौला तथा साना सवारी परीक्षण निर्देशिका, सवारी प्रदुषण परीक्षण निर्देशिका, स्कुल बस निर्देशिका, बस बडी बिल्डिङ्ग मापदण्ड र कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, २०७४) कार्यान्वयनमा ल्याएर राम्रो शुरुवात गरेको फाउण्डेसनको ठहर छ ।