काठमाडौँ– ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीलाई सुरक्षागार्ड, सवारी र चालक उपलब्ध गराउने भएको छ।


ADVERTISEMENT


भाषा, संस्कृति र साहित्यमा उनले पुर्‍याएको योगदानको कदर गर्दै यो सुविधा उपलब्ध गराउन लागिएको महानगर प्रवक्ता राजु महर्जनले जानकारी दिए।


ADVERTISEMENT

# # #


‘भाषा, संस्कृति र साहित्यमा लामो समयदेखि क्रियासिल रहनुभएका उहाँलाई सम्मान स्वरुप यो सुविधा उपलब्ध गराउन लागेका हौं’, महर्जनले भने, ‘उहाँलाई सम्मान गर्न पाउनु हाम्रो गौरवको विषय हो।’

जोशीलाई एक जना नगर प्रहरी, सवारी र चालक उपलब्ध गराउन लागिएको हो।

चैत १५ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार जोशीलाई यो सुविधा प्रदान गर्न लागिएको हो।