नवलपरासी(रासस)–पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ स्थित लोकाहा खोलाको पुलबाट सिमेन्ट चोरी भएको विषयको बारेमा अनुसन्धान गर्नका लागि कावासोती नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।


ADVERTISEMENT


कावासोती नगरपालिकाअन्तर्गत रहेको सुशासन समितिका संयोजक छविलाल महतोको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा आनन्द श्रेष्ठ र शिवप्रसाद पाण्डे रहेका छन् ।


ADVERTISEMENT

# # #


समितिले तीन दिनभित्र घटनाको विषयमा छानबिन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेश गर्नेछ ।

समितिले घटनासँग सम्बन्धित सरोकारवाला व्यक्ति, स्थानीयलगायतसँग सोधपुछ गरिसकेको संयोजक महतोले बताए ।