काठमाडौं–प्रदेश नम्बर ५ को उद्योग मन्त्रालयका उपसचिवले आत्महत्या गरेका छन् । रूपन्देही प्रहरीका अनुसार उपसचिव विष्णुहरि अर्यालले मंगलबार राति सुसाइड नोट लेखेर कोठामा आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


‘खबर आएपछि प्रहरी घटनास्थल पुगेको प्रहरीले सुसाइड नोट फेला पारेको छ,’ रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘नोटमा आफू रोगी भएकाले बाँच्न मन नभएकाले आत्महत्या गरेको उल्लेख छ । पोस्टमर्टमबाट पनि आत्महत्याको पुष्टि भएको छ ।’


ADVERTISEMENT

# # #