काठमाडौं–आज एमालेको स्थायी समिति बैठक बस्दैछ । प्रधानमन्त्रीको भारत भ्रमण तथा माओवादीसँग एकताको विषयमा भएको प्रगतिमाथि छलफल गर्न एमालेले बैठक आव्हान गरेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी ओली चैत्र २३ गतेदेखि भारत भ्रमणमा जाँदैछन् । हिजो मात्रै पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकतासम्बन्धी सांगठनिक र वैचारिक प्रतिवेदन बुझाइएको थियो ।


ADVERTISEMENT

# # #


निर्वाचनदेखि वाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रवीच एकताको अन्तिम गृहकार्य भैरहेको छ । तर, केही प्राविधिक विषय भने हल भएका छैनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैचारिक कार्यदलका संयोजक माधवकुमार नेपाल र संगठन कार्यदलका संयोजक गृहमन्त्री रामबहादुर थापाले एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको संयोजन समितिमा बुझाएका थिए ।

प्रतिवेदनमा आगामी वैशाख ९ गते (नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन) एकता घोषणा गर्न सुझाव दिइएको छ ।

गत फागुन ७ मा पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद राख्नेलगायत एकताका सात बुँदे प्रारम्भिक आधारमा दुई दलले सहमति गरेका थिए । दुई दलबीच गत असोज १७ मा भएको चुनावी तालमेलपछि एकता प्रक्रिया अघि बढेको हो ।