काठमाडौं–एउटा थप्पड हानेकै भरमा एक व्यक्तिले करिब एक महिना जेलमा बिताउनु पर्ने भएको छ । धरान घर भई हाल ललितपुर बस्दै आएका सागर राई थप्पड हानेकै कारण यतिबेला प्रहरी हिरासतमा रहेका छन् ।


ADVERTISEMENT


राईले मंगलबार राती ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि हातपात गरेको कारण प्रहरीले उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


ललितपुर ट्राफिक प्रहरीका अनुसार हिजो राती करिब साढे ८ बजे को १५ प ३१११ नम्बरको मोटरसाइकलमा सवारलाई राईलाई ट्राफिक प्रहरीले नियमित चेकिङका लागि महालक्ष्मी स्थानमा रोकेको थियो ।

राईले मादक पदार्थ सेवन गरेको कारण प्रहरीले उनको मोटरसाइकल नियन्त्रणमा लिएर मापसे नगरेको व्यक्ति बोलाउन आग्रह गरेका थिए । तर, मापसेको सुरमा रहेका राईले आफ्नो मोटरसाइकल खोसेको भन्दै ट्राफिक प्रहरी जवान भीम बहादुर बोहरालाई थप्पड प्रहार गरेका थिए ।

त्यसपछि, प्रहरीले उनी र उनको सवारीलाई नियन्त्रणमा लिएको थियो । महानगरीय ट्राफिक प्रहरीको निर्देशनमा उनीमाथि सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाउने तयारी ललितपुर ट्राफिक प्रहरीले गरेको छ ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले अत्याधिक मापसे सेवन गरेर सवारी चलाउँदा अनाहकमा जेल बस्नुपर्ने अवस्था आएको बताए ।