काठमाडौं–लुइस स्वरेजले च्याम्पियन्स लिगमा झण्डै एक वर्षमा पहिलो गोल गर्दा बार्सिलोनाले रोमालाई हराएको छ ।


ADVERTISEMENT


बुधबार राति भएको खेलमा बार्सिलोनाले रोमालाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका सुरुवाति दुई गोल भने उपहार थियो ।


ADVERTISEMENT

# # #


३८ औं मिनेटमा लिओनल मेस्सीबाट बल टाढा लैजान खोज्दा रोमाका डि रोसीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो । ५५ औं मिनेटमा मोनालोसले पनि आत्मघाती गोल गरे । चार मिनेटपछि नै जेरार्ड पीकेले गोल गरे ।

खेलको ८० औं मिनेटमा इडेन जोकोले घरेलु टोलीका लागि गोल गरे । तर, ८७ औं मिनेटमा स्वरेजले गोल गर्दै बार्सिलोनाको ४–० को सहज जित पक्का गरे । यो जित बार्सिलोनाले गरेको प्रदर्शनभन्दा राम्रो हो किनकी उसले सुरुवाति दुई गोल त उपहारमै पाएको थियो । नाउक्याम्पमा रोमाबाविरुद्ध बार्सिलोनाले आफ्नो बास्तविक खेल खेल्न सकेको थिएन ।

उसको बलमा नियन्त्रण र आक्रामक खेल थिएन । दोस्रो हाफमा लिओनल मेस्सीको प्रदर्शन केही सुधारिएको थियो तर, अपेक्षाकृत थिएन ।