मुम्बई(एजेन्सी)–भोजपुरी चलचित्रका निर्माता उपेन्द्र कुमार वर्मालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । एक अभिनेत्रीको छोटो चलचित्रको आपतिजनक भिडियो सोशल मिडियामा भाइरल गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।


ADVERTISEMENT


निर्माताले भाइरल गरेको उक्त भिडियो पोर्न वेभसाइटले समेत राखेको छ । अभिनेत्रीले आफ्नो भिडियो भाइरल भएपछि निर्माता बिरुद्ध पुलिसमा उजुरी दिएकी थिइन् । पुलिसले निर्मातालाई कारबाहीका लागि पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


निर्माताको बिरुद्ध अभिनेत्रीले २८ जनवरीमा एफआइआर दर्ता गराएकी थिइन् । पुलिसले भने निर्मातालाई मंगलबार अर्थात ३ अप्रिलमा पक्राउ गरेको छ ।

पुलिसका अनुसार छोटो चलचित्र छायाँकनको क्रममा अभिनेत्रीले बेरेको तौलिया दुर्घटनाबस खुस्किएको थियो । उक्त दृश्य क्यामरामा कैद भएको थियो । त्यही भिडियो निर्माताले सोशल मिडियाबाट भाइरल बनाए ।

निर्माताले भिडियो सबैभन्दा पहिले युट्युवमा अपलोेड गरे । सो भिडियो सयौले हेरे अभिनेत्रीको आरोपमा उल्लेख छ । निर्माता वर्माले अभिनेत्रीलाई आफ्नो छोटो चलचित्रका लागि साइन गराएका थिए । उक्त सट चलचित्र तीन दिनसम्म निर्माताको अफिसमै छायाँकन गरिएको थियो ।