काठमाडौँ – काठमाडौँमा जारी जेन–जीको आन्दोलनमा प्रहरीको गोली लागी घाइते हुनेको संख्या ९ पुगेको छ । सोमबार काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा घाइते भएका उनीहरुको उपचारका क्रममा काठमडौँका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।
मृतकको पहिचान हुन सकेको छैन । यस्तै प्रहरी र प्रदर्शनकारीबीचको झडपमा १०० जना भन्दा बढी घाइते भएका छन् । घाइतेको बानेश्वरस्थित सिभिल सर्भिस अस्पताल, काठमाडौँ मेडिकल कलेज, ट्रमा सेन्टर लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
सिभिल सर्भिस अस्पताल घाइतेले भरिभराउ भएको छ ।



























































