काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । उनले मंगलबार सामाजक सञ्जालमा एक पोष्ट गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराएका हुन् ।


ADVERTISEMENT


अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको आफू हिजो आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न नसकेको बताएका छन् । “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु। ।” उनले भनेका छन्, “जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन।”


ADVERTISEMENT

# # #


युवा पुस्ताले ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्ने बताउँदै उनले उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।’