काठमाडौैँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौँसहित देशभर प्रदर्शनरत जेन–जी युवाहरुलाई संयमित हुन आग्रह गरेका छन् । जेन–जीका हत्यारा प्रधानमन्त्री र गृहमन्त्राले राजीनामा दिइसकेको बताउँदै उनले अब संयमित भएर अघि बढ्न आग्रह गरेका हुन् ।
साथै देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हुनु बताउँदै उनले संयमित हुन आग्रह गरेका छन् । साथै उनले देशको नेतृत्व लिन तयार रहन समेत जेन–जी पुस्तालाई आग्रह गरेका छन् ।
त्यसका लागि उनले सेनासँग वार्ता गर्न समेत तयार रहन आग्रह गरेका छन् । यद्दपि सेनासँग वार्ताअघि संघीय संसद विघटन भइसकेको हुनुपर्ने समेत शर्त राखेका छन् ।
उनले भनेका छन् :
हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।



























































