काठमाडौँ – देशभर भइरहेको जेन–जीको आन्दोलनले निम्त्याएको राजनीतिक संकटको समाधान निकाल्न सेनासहित सुरक्षा निकायका प्रमुख र प्रशासनका प्रमुखहरुले आग्रह गरेका छन् ।
मंगलबार एक अपिल जारी गर्दै मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रमुख महानिरीक्षक चन्द्रकुवेश खापुङ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले राजनीतिक संवादमार्फत यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल गरेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको बताउँदै उनीहरुले विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन समेत आग्रह गरेका छन् ।




























































